२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी  दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आह्वान समेत गरिएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगो रूपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत् आयोजनामा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

उनले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका बताउँदै यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न लागेको उल्लेख गरे। साथै उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताउँदै नेपालमा लगानी गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गरे।

यस्तै वेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। साथै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैरआवासीय नेपालीलाई समेत आग्रह गरे। 

प्रकाशित: १ श्रावण २०७९ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App