१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड ९ लाख (पूर्णपाठसहित)

मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार रुपैयाँ अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री साहले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई मुख्य आधार बनाएर बजेट प्रस्तुत गरेका छन्। प्रस्तुत गरिएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ। मधेस प्रदेशले चुरे क्षेत्रको संरक्षण र संवद्र्धनका लागि चुरे जोगाउ‚ मधेस बचाउ अभियान सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट प्रस्तुत गर्दै चुरे बचाउँ अभियानका लागि १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। सो अभियानअन्तर्गत चुरे संरक्षण, भूक्षय तथा पहिरो नियन्त्रण, वृक्षारोपण, जलाशय, पोखरी निर्माण, तालतलैया संरक्षण लगायत कार्यक्रमहरू सञ्चालन हुनेछन्।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १८ अर्ब ८ करोड ४५ लाख ६४ हजार रुपैयाँ  विनियोजन गरिएको छ। सामाजिक विकास मन्त्रालयका लागि ७ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि ४ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका लागि १ अर्ब ७३ कोड ९३ लाख ९१ हजार रुपैयाँ, खानेपानी तथा उर्जा विकास मन्त्रालयका लागि १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

गृह तथा संचार मन्त्रालयका लागि ६४ करोड ३३ लाख रुपैयाँ, महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयका लागि ६१ करोड ९८ लाख रुपैयाँ, अर्थ मन्त्रालयका लागि २४ करोड ९० लाख ४५ हजार रुपैयाँ, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका लागि ५ करोड ३३ लाख २८ हजार रुपैयाँ, बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधी मन्त्रालयका लागि २ करोड ६० लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेट भाषणको शुरूवात मैथली भाषाबाट गरेका मन्त्री साहले बजेट भाषण नेपाली र अन्त्य भोजपुरी भाषामा गरेका थिए।

बजेटको पूर्णपाठ हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस्।

प्रकाशित: १ असार २०७९ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App