२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बीओकेका ग्राहकलाई केबल कारको टिकटमा छुट

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबल कार बीच केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी टिकट खरिद गर्दा बैंकका ग्राहकहरूले उक्त छुट पाउने भएका हुन्। छुटको उपयोग गर्न ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय १ शाखा कार्यालयहरू, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App