२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

उद्योग बचाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

उद्योग बचाउन माग गर्दै प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरु। तस्बिरः नागरिक

संघीय सरकारले ल्याएको बजेटमा राखिएको प्रावधानले जिहाइ वायर, वनस्पति घीउ र सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेकाले यी उद्योगहरूलाई बचाउन पहल गरिदिन माग गर्दै मोरङका उद्योगी र मजदुरहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका छन्।  

शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र विभिन्न ट्रेड युनियनका पदाधिकारीले संयुक्त रुपमा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे मार्फत मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले आर्थिक विधेयक २०७९/८० मा परिवर्तन गरिएका नीतिहरुका कारण स्वदेशी उद्योगहरु धरापमा पर्न गई उद्योगी, व्यवसायी र श्रमिक मजदुरहरु आन्दोलित हुन पुगेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

स्वदेशी उद्योगहरुको विद्यमान अवस्थालाई समयमै सामान्यीकरण गर्न स्वदेशी जि.आई. वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योगका समस्या समाधानका लागि पहल गरिदिन ज्ञापनपत्रमा उद्योगी व्यवसायीले मुख्यमन्त्री राजेन्द्र राईलाई आग्रह गरेका छन्।

उद्योगी, विभिन्न ट्रेड युनियनमा आबद्ध मजदुरहरू विरोध र्‍यालीसहित मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका थिए।

प्रकाशित: २७ जेष्ठ २०७९ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App