२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हट्यो

चोतर्फी आलोचना भएपछि सवारी साधनमा असार महिनाभित्र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ। २०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा भने इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएका हुन्।

महानिर्देशक नमराजका अनुसार जसले २०७८ मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन्, उनीहरूले आगामी साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ। त्यस्तै, २०७८ फागुन १ गतेभन्दा पछाडि पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। र, २०७९ जेठ १ गतेपछि नवीकरणका लागि गएकाहरूले पनि आगामी साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

विज्ञप्तीमा भनिएकाे छ, 'मिति २०७८/७/२२ मा नेपाल सरकारबाट प्रकाशित सूचना अनुसार तत्कालीन अवस्थामा नाम टुङ्गो लागिसकेका वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ५ वटा प्रदेशमा २०७८ मंसीर १ गतेबाट नयाँ दर्ता हुने २०७८ फाल्गुण १ गतेबाट नामसारी गरिएका सवारी साधनमार २०७९ जेष्ठ १ गतेबाट गरिने सवारी साधनमा अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडांन गर्न सूचना गरिएको थियो। २०७८ फाल्गुण १ गतेबाट नामसारी गरिएका सवारी साधनमा र २०७९ जेष्ठ १ गतेबाट गरिने सवारी साधनमा अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना गरिएको थियो।'

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम जजसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ। ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ सीमित समयमा कार्य पूरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन।'

सूचना हेर्न यस लिंकमा क्लिक गर्नुहाेस्।

प्रकाशित: २४ जेष्ठ २०७९ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App