८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक १२.८९ अंकले गिरावट

साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ। सोमबार पनि नेप्से सूचक १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा  झरेको छ। त्यस्तै, त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ। सोमबार कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

नेप्सेका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन् भने ६ वटा उपसमूहको सूचक सकारात्मक रहेको छ। जसमा सबैभन्दा बढी माइक्रोफाइनान्सको ०.५३ प्रतिशतले बढेको छ। भने बाँकी सकारात्मक कारोबार भएका उपसमूहको ०.५० प्रतिशत भन्दा कमले बढेको छ। यता  बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै १.३२ प्रतिशतले घटेको छ।

सोमबार कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ। यता भखैरै आइपीओ निश्काशन गरी कारोबार सुरु भएका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।

सोमबार कारोबारको आधारमा एशियन लाइफ कम्पनीको सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App