८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

निजी क्षेत्रलाई संलग्न गराउनेबारे अध्ययन गर्न कार्यदल गठन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा निजी क्षेत्रलाई संलग्न गराउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको जनाएका छन्। शुक्रबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले कार्यदल गठन भएको जानकारी दिएका हुन् ।

देशमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेललगायत पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तथा यसले पारेको प्रभाव र इन्धनको सहज आपूर्तिमा देखा परेको असहज अवस्था र मूल्य घटाउनुपर्ने भन्दै दर्ता भएको जरुरी महत्वको प्रस्तावमाथि शुक्रबार छलफल भएको थियो।

मन्त्री बडूले जेठ १० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको पुनर्संरचना गर्नेदेखि पेट्रोलियम पदार्थ आपूर्तिलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न नीतिगत व्यवस्था पुनर्विचारका लागि उच्चस्तरीय कार्यदल गठन गरेको बताए।

प्रकाशित: २१ जेष्ठ २०७९ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App