२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ऋणपत्र जारी गर्न सम्झौतामा हस्ताक्षर

लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११% प्रतिशत रहेको छ।

सो सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरूकोे स्वीकृति पश्चात् निष्कासन गरिने भएको छ।

काठमाडौेंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।  

प्रकाशित: २९ वैशाख २०७९ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App