२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए। स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थियो। उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ। रासस

प्रकाशित: २२ वैशाख २०७९ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App