८ वैशाख २०८१ शनिबार
अर्थ

जनतालाई दुःख दिएर कमाएको पैसा सह्य हुँदैन: प्रदिप अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडवडी जहाज परिक्षण उडान पश्चात भैरहवामा बोल्दै महानिर्देशक अधिकारीले आन्तरिक उडानका वायुसेवा कम्पनीले रात्रिकालीन उडानको योजना कार्यान्वयन नगर्ने बताएसँगै यस्तो चेतावनी दिएका हुन्।

उनले अहिले विमानस्थलमा दुध खाने बच्चा विरामी, सुत्केरी घण्टौं घण्टा विमानस्थलमा बस्नुपर्दा जनतालाई मार परेकाले घण्टौं विमानस्थलमा बस्नु पर्ने समस्या समाधानको लागि आन्तरिक विमानस्थलहरु १८ घण्टा र अन्तर्राष्ट्रिय विमानस्थहरु २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरिसकेको स्पष्ट पारे।

महानिर्देशक अधिकारीले आन्तरिक उडानका वायुसेवा कम्पनीले १८ घण्टा उडान गर्न असक्षम छौं भनेर विज्ञप्ति जारी गरेको प्रति असन्तुष्टि जनाए। आन्तरिक उडानका वायुसेवा कम्पनीले अब ११ बजे उडान गर्ने भए ११ बजेको टिकट बेच्ने, ३ बजे उडान गर्ने भए ३ बजेको नै टिकट बेच्नुपर्ने भन्दै महानिर्देशक अधिकारीले जनतालाई ३ बजेको टिकट बेचेर ११ बजे उडाउने, विज्ञप्ति निकाल्ने, ठाउँ ठाउँमा गएर लविङ गर्ने काम बन्द गर्न आग्रह गरे।

उनले जनतालाई दुःख दिएर गरेको व्यापार नटिक्ने र टिक्न पनि नदिने बताए पैसा कमाउँदा जनतालाई दिएको असुविधा वायु सेवा कम्पनीहरुले विर्सनु नहुँने भन्दै उनले जनताको सुविधा हेरेर पैसा कमाए वायु सोव कम्पनीलाई प्राधिकरणले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताए।

त्यस्तै, महानिर्देशक अधिकारीले तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा देखिएको ट्राफिक जाम समाधान गर्नको लागि जेठ २ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याउन लागिएको बताए। उनले जेठ दुई गतेदेखि नै गौतमबुद्ध विमानस्थल पनि  २४ सै घण्टा सञ्चालन आउने बताए।

महानिर्देशक अधिकारीले नेपालमा अब दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि नपुग्ने भएकाले चन्द्रगढिदेखि धनगढिसम्मका ७ वटा तराईका विमानस्थल विमानस्थलहरु रातको १२ बजे अर्थात १८ सञ्चालन सुरु गरिएको बताए। वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति ८ बजेपछिका कुनै पनि उडान भर्न नसक्ने भन्दै बिहीबार एक विज्ञप्ति जारी गरेको थियो।

नागरिक उड्डयन प्राधिरकणले शुक्रबारदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी समेत दिएको थियो। प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो।

प्रकाशित: १६ वैशाख २०७९ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App