मेटलाइफले विविधता, समता तथा समावेशीकरण प्रतिबद्धताहरूको एक विस्तृत योजना घोषणा गरेको छ। लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासको मिश्रणबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकालाई सम्बोधन गर्न विविधता, समता तथा समावेशीकरण २०३० प्रतिबद्घताको विस्तृत योजनाको घोषणा गरेको हो।
यस प्रतिबद्धताको विस्तृत प्याकेजले मेटलाइफको दिगोपनका प्रयासलाई बढावा दिने कम्पनीले एकजना जुन मेटलाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमा समेत सूचीत गरिएको छ। मेटलाइफले सन् २०३० सम्म महिला, अल्पसंख्यक तथा अपांग व्यक्तिहरूको स्वामित्वमा रहेका फर्मलाई अघि बढाउन एक अर्ब अमेरिकी डलरको लगानी कोष स्थापना गरिने जनाएको छ।
विविध आपूर्तिकर्तासँग गरिने खर्चलाई मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्धता जनाएको रकमभन्दा १.६ अर्ब अमेरिकी डलर बढाएर ५ अर्ब अमेरिकी डलर पुर्याइने छ। त्यस्तै, मेटलाइफ फाउन्डेसनले सेवामा पहुँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदाय लगायत प्रतिबद्धता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २५ चैत्र २०७८ ०१:४९ शुक्रबार