८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल बङ्गलादेश बैंकको फेदाप शाखाले स्थानीय ५ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय भन्दा विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कले ‘ग्लोबल मनी सप्ताह २०२२’ मा वित्तीय साक्षरता कार्यक्रम चलाउन गरेको निर्देशन अनुसार बचत तथा कर्जा, सफा नोटको नीति, विप्रेषण, शेयर बजार, विद्युतीय ठगी, लघुउद्यम  व्यवसाय तथा डिजिटल बैङ्किङ, यसका फाइदा, प्रयोग गर्ने तरिकाको बारेमा विद्यार्थीलाई जानकारी गराइएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय शाखा १० एक्सटेन्सन काउण्टर तथा ८४ एटिएममार्फत बैङ्किङ सेवा दिँदै आएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App