२७ श्रावण २०७९ शुक्रबार
अर्थ

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

बैंकले चैत १ देखि वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआइसी एसिया मोबैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रूपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसी एसिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्नेछन्।

प्रकाशित: ७ चैत्र २०७८ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App