७ वैशाख २०८१ शुक्रबार
अर्थ

८ करोड नाघ्यो ताथली बचतको पूँजी

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली बचत तथा ऋण सहकारी संस्थाको कूल पूँजी ८ करोड नाघेको छ।

‘नियमित बचत, आर्कषक ब्याजदर: बचत गरौं, बनौं आत्मनिर्भर’ भन्ने नाराका साथ २०६३ सालमा सुरु भएको सो सहकारीले प्रन्ध वर्षको अवधिमा आफ्नो कूल पूँजी ८ करोड ११ लाख २३ हजार पुर्याएको हो। यसअघि सहकारीको आर्थिक वर्ष २०७७/७८ मा ६ करोड २० लाख १७ हजार कूल पूँजी रहेको थियो।

सहकारी सदस्यहरुको हितका लागि विभिन्न बचत तथा ऋण योजना अघि सार्दै ताथलीमा सहकारी अभियान सञ्चालन गर्दै आइरहेको सहकारीको पन्ध्रौं साधारण सभाको अवसरमा सहकारीले सोको जानकारी दिएको हो।

सहकारीले गत आर्थिक वर्षमा ५ लाख ५४ हजार आमनी गरेको जनाउँदै सोही वर्ष सहकारीले ४ करोड ७९ लाख ६९ हजार लगानी गरेको थियो।

सहकारीको साधारण सभाको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले सहकारीमा भाखा नाघेको ऋण नहुनु सुखद् र त्यसले सहकारीको अवस्था चित्रण गरेको बताए। सो क्रममा उनले अहिले पनि सहकारीहरुले आर्थिक क्रियाकलापमात्र गरिरहेको उल्लेख गर्दै सहकारीहरुले सामाजिक उत्तरदायित्वका क्रियाकलाप पनि गर्नुपर्ने बताए।

अध्यक्ष त्यातले मुलुकको पछिल्लो आर्थिक स्थिति गतिलो नभएकाले सहकारीकर्मीहरुले सजगताका साथ आर्थिक गतिविधि गर्नुपर्नेमा जोड दिए। उनले सहकारीका सदस्यहरुले देशको राजनीतिक अवस्थाबारे समेत जानकारी राख्नुपर्ने बताए।

सोही कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले भक्तपुरमा चलिरहेको सहकारी अभियानबारे जानकारी दिए। उनले बागमति प्रदेश सरकारले सहकारीहरुलाई नियमन गर्न खोजेको बताउँदै सहकारीहरुमाथि अनावश्यक कर थोपरेको उल्लेख गरे।

सभामा सहकारीका अध्यक्ष एकबहादुर खत्रीले सहकारीको इतिहासबारे जानकारी दिँदै सदस्यहरुको हितका लागि सहकारीले विभिन्न योजना र नीति तय गरेको चर्चा गरे। कार्यक्रममा सहकारीका सचिव मधुसुदन पण्डित, कोषाध्यक्ष श्रीकण्ठ खड्का, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेश ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गरेका थिए।  

सभामा सहकारीका व्यवस्थापक जयराम खत्री, कर्मचारीहरु क्रमशः मञ्जु खत्री, शोभा थापा, अमृता बनमाला र शोभिात देउजालाई सम्मान गरिएको थियो।

प्रकाशित: १० पुस २०७८ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App