नेपालका लागि निदरल्यान्डस अधिराज्यका अवैतनिक वाणिज्यदूतमा दीपकराज सापकोटा नियुक्त भएका छन्। निदरल्याण्ड्स अधिराज्यका राजा विलेम अलेक्जेण्डरबाट भएको सापकोटाको नियुक्तिलाई नेपाल सरकारले २०७८ आश्विन १७ गतेको निर्णयअनुसार स्वीकार गरेको हो। सापकोटा २०८२ आश्विन १६ सम्मका लागि नियुक्त भएका हुन्।
नेपालका लागि निदरल्याण्ड्स अधिराज्यका अवैतनिक राजदूत नियुक्त हुने सापकोटा पहिलो नेपाली नागरिक हुन्। सापकोटा लामो समयदेखि सामाजिक विकासको क्षेत्र मूलतः बालबालिका, अपांगता भएका व्यक्तिका अधिकारका तथा स्वास्थका क्षेत्रमा कार्यरत छन्। भोजपुर जिल्लाको अरुण गाउँपालिका प्याउलीमा जन्मेका सापकोटा हाल करुणा फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध छन्।
प्रकाशित: १९ आश्विन २०७८ १२:३८ मंगलबार