८ वैशाख २०८१ शनिबार
अर्थ

४ लाख ५२ हजार रुपैयाँको लत्ताकपडा तथा किराना सामान बरामद

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ। भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट करीव ४ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। त्यसवेला बीआर ३० के ३१०७, बीआर ३१ एम ७२४४ र बीआर ३० डी ०२४२ नम्बरको भारतीय मोटरसाईकलमा राखेर भन्सार छली अवैध रुपले  नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाईकल सोही ठाउँमा छाडी भागि फरार भएका थिए।

उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको तीन वटै मोटरसाईकल समेत बरामद गरिएको छ। बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ। उक्त मोटरसाईकलको भन्सार दाखिला मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ। यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १९ स्थित सीमा ईलाकाबाट असोज ६ गते सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

प्रकाशित: ६ आश्विन २०७८ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App