६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीयले बुझाए प्रशासनलाई भरुवा बन्दुक

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीयले प्रशासनलाई भरुवा बन्दुक बुझाएका छन्। अवैध हातहतियार संकलन अभियान थालेको जिल्ला प्रशासन कार्यालयलाई स्थानीयले ७ नाल सावुद र १० नाल बेसाबुद बन्दुक बुझाएका हुन्। स्थानीयले बुझाएको बन्दुक शुक्रबार प्रशासनले सार्वजनिक गरेको छ।  

वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि हातहतियार संकलन अभियान थालिएकामा जलेश्वरीका स्थानीयले स्वःतस्फुर्त भरुवा बन्दुक बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। स्थानीयले बुझाएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाइने प्रशासनले जनाएको छ। स्थानीयले बिहिबार प्रशासनलाई गाउँमै बोलाएर भरुवा बन्दुक बुझाएका थिए। भरुवा बन्दुक बुझ्नका लागि प्रजिअ शर्मा जलेश्वरी पुगेका थिए। अवैध हातहतियार संकलन अभियान जारी राखिने शर्माले बताए।

प्रकाशित: ४ भाद्र २०७८ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App