१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नागरिक उड्डयन प्राधिकरणमा आन्दोलन

नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध ट्रेड युनियनले प्राधिकरणलाई हवाई माफियाको चंगुलबाट बचाउन भन्दै आन्दोलन थालेको छ। देशभरका विमानस्थलहरूको सञ्चालन खर्च थेगेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाको चंगुलमा पर्नबाट रोक्न आफूहरू आन्दोलित भएको युनियनको भनाइ छ।

सुरक्षाको दृष्टिले अति संवेदनशील संस्थालाई राष्ट्रिय हितविपरीत हवाई व्यापारी र उच्चपदस्त कर्मचारीको मिलेमतोमा दुईवटा संस्थामा विभाजन गरी कमजोर नियमन निकाय बनाउन खोजेको युनियनको आरोप छ। संघीय प्रतिनिधिसभाबाट पारित नेपाल नागरिक उड्डयन प्राधिकरण विधयेक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ लाई युनियनले सीमित स्वार्थपूर्ति गर्ने उद्देश्यले ल्याइएको भनेको छ।

नेपाल जस्तो हवाई गतिविधि कम भएको मुलुकमा छुट्टाछुट्टै नियामक तथा सेवा प्रदायक संस्था गठन गर्दा काम कारबाहीमा दोहोरो र तेहोरोपन आई राज्यमाथि व्ययभार थपिने संगठनको दाबी छ।हवाई सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा मनोमानी ढंगले विमानस्थलको सञ्चालन र व्यवस्थापन निजी कम्पनीलाई दिन नहुने युनियनको भनाइ छ। यरोपियन युनियनको हवाला दिई हवाई माफियाले आफ्नो स्वार्थपूर्ति गर्न खोजेको भन्दै युनियनले संस्था विभाजन गर्नु न्यायोचित नभएको बताएको छ। 

प्रकाशित: २९ श्रावण २०७८ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App