१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

विश्वकपमा नेपाललाई गर्व गराउँछौँ : कप्तान पौडेल

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपमा नेपाली टोलीले नेपालीलाई गर्व महसुस गराउने बताएका छन्।

कप्तान पौडेलका अनुसार मैदानमा टोलीले आफ्नो शतप्रतिशत दिएर नेपालीलाई गर्व गराउनेछ। ‘हामी मैदानमा शतप्रतिशत दिएर खेल्छौँ, नेपाली र नेपाली क्रिकेटप्रेमीलाई गर्व महसुस गराउँछौँ’ नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको भिडियो सन्देशमा उनले भने।

यतिबेला नेपाली राष्ट्रिय टोली भारतको मुम्बईमा जारी अभ्यास खेलमा व्यस्त छ।

गत हप्ता श्रीलंका ‘ए’ टोलीसँग तीन वटा टी-२० आई सिरिज खेलेको नेपालले एक खेलमा मात्र जित हात पारेको थियो। नेपालले अब मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल्नेछ।

त्यस्तै, नेपालले युएई र क्यानडासँग पनि अभ्यास खेल खेल्ने क्यानले बताएको छ।

‘विश्वकपको लागि एकदमै राम्रो तयारी भइरहेको छ, विश्वकपअघि हामीले अभ्यास खेलहरू पनि खेलिरहेका छौँ’ कप्तान पौडेलले भने ‘अभ्यास खेलहरूले एक्जपोजर पाइरहेका छौँ जसले गर्दा हामी अझ मजबुत भएका छौँ’। 

नेपाली टोलीले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

पुरुष टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।

प्रकाशित: १४ माघ २०८२ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App