६ वैशाख २०८१ बिहीबार
अर्थ

बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोडको मेघा परियोजनामा सम्झौता

कपिलवस्तुको बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ।

राष्ट्रिय गौरवको सौर्य मेघा परियोजना संचालनका लागि बिहीबार बाणगंगा नगरपालिका र चीनको प्यारामेन्ट कम्पनी राइजेन इनर्जी लिमिटेडबीच सम्झौता भएको हो।  

१ सय २५ मेघावाट विद्युत् उत्पादनका लागि दुई पक्षबीच नगरपालिकाको कार्यालयमा भएको सम्झौतामा चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर वाङ र नगर प्रमुख मंगलप्रसाद थारुले हस्ताक्षर गरेका थिए।

परियोजना नगरपालिकाको वडा नम्बर ७ खारखानीमा रहेको सरकारी जग्गामा संचालन हुनेछ।  

परियोजनाले नगरपालिकाको मुहार फेरिने नगर प्रमुख थारुले बताए। ‘प्रदेशकै ठूलो आयोजनाले अब सिंगो जिल्लाको नाम चम्किने छ’ उनले भने, ‘सिंगो बाणगंगाको मुहार फेरिने छ।’

सो परियोजना ३ वर्षभित्र सकिने जनाउँदै कम्पनीका प्रोजेक्ट म्यानेजर वाङले परियोजनाको काम यथासिघ्र सुरु हुने बताए।

प्रकाशित: ९ वैशाख २०७८ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App