१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

इतिहासको पाठ र वर्तमानको चेतना

संविधानमा व्यवस्था भएअनुसार दुई सदनात्मक संघीय संसद्अन्तर्गतको अर्को समावेशी संरचना राष्ट्रियसभा हो।

केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजलाई सफलता

फ्रान्सेली फरवार्ड पापा इबु केबेको ह्याट्रिक प्रेरणामा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा फराकिलो जित निकाल्दा जावलाखेल युथ पनि विजयी भएको छ।

ड्युटी सकेर फर्केका म्यादी प्रहरीको घरमै मृत्यु

यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो। खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

शेखर कोइरालाको '८ अठोट' जारी : सुशासनदेखि बाढीको स्थायी समाधानसम्म

उनले लोकतन्त्र भावनाले मात्र नभई संस्थाले टिक्ने उल्लेख गर्दै संविधान संशोधन र संघीयता सुदृढीकरणका लागि संसद्‌मा सक्रिय भूमिका खेल्ने पहिलो अठोट व्यक्त गरेका छन्। उनले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

टी-२० विश्वकप : वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनले हरायो, भारतको सेमिफाइनल यात्रा कठिन

यो जितपछि वेस्ट इन्डिज सुपर ८ ग्रुपको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिका दोस्रो, भारत तेस्रो र जिम्बाब्वे चौथो स्थानमा छ। यस ठुलो जितले भारतको सेमिफाइनल यात्रालाई झन् जटिल बनाएको छ। अब भारतमाथि बाँकी खेलहरू ठुलो अन्तरले जित्नुपर्ने दबाब बढेको छ।

देउवाको मौनताले कांग्रेसभित्र मत विभाजनको त्रास

नेपाली कांग्रेसभित्र अहिले गुटगत विभाजन र नेतृत्वको मौनता चुनावी माहोलमा प्रमुख चासोको विषय बनेको छ। पार्टीभित्र एक पुरानो भनाइ छ, ‘बाहिर अरू दलसँग प्रतिस्पर्धा छ, तर आफ्नै पार्टीभित्र धेरै कठिन छ।’

भारतमा एयर एम्बुलेन्स दुर्घटना : सवार सबैको मृत्यु

स्थानीय समय अनुसार सोमबार साँझ ७:११ बजे विमान राँचीबाट उडेको थियो। साँझ ७:३४ बजे विमानसँग सम्पर्क विच्छेद भएको थियो। त्यसको केही समयपछि विमान झारखण्डको चतरा जिल्लाको सिमरियाको जंगलमा दुर्घटनाग्रस्त भयो।

तेजस्वी एकेडेमी क्वार्टरफाइनलमा

आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आजको मौसम : यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।

जय ट्रफी मेन्स इलाइट कप: पुलिसले बनायो एपिएफमाथि दबाब

स्पिनरद्वय ललित राजवंशी र सागर ढकाल चम्किएपछि सोमबार नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो खेलमा एपिएफमाथि दबाब बनाएको छ।

ट्रम्पले भने : म कति समय बाँच्छु थाहा छैन, धेरैले मलाई मार्न खोजिरहेका छन्

यो बयानलाई दुई दिनअघि उनकै फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टमा भएको गोलीकाण्डसँग जोडेर हेरिएको छ। आइतबार बिहान स्थानीय समयअनुसार करिब १:३० बजे २१ वर्षीय युवकले शटगन र इन्धनको क्यान बोकेर रिसोर्टको सुरक्षित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए। गोप्य सेवा (सिक्रेट सर्भिस) का एजेन्टले उनलाई रोकेका थिए।

सुक्खा मधेसमा ‘जल राजनीति’

मुलुकमा बहुदलीय व्यवस्थाको स्थापनादेखि नै मधेसका जनताले अन्नको भण्डार मधेसमा सिँचाइ, कुलो, नहर, खानीपानीको समस्या देखाइरहे।

२६ फर्ममा अनुगमन

निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्