४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याग्दीमा सुन्तला उत्पादन घट्ने

चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण म्याग्दीमा यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ । सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलो हुँदै झर्न थालेपछि किसान चिन्तित भएका छन् । 

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा वडा नं ४ सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तलामा औंसा किराको प्रकोप देखिएको छ । 

बोटमा लागेको दाना ठूलो भए पनि प्रकोपले यो वर्ष उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीको अनुमान छ । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि आफूहरू समस्यामा परेको बास्कुनाका तिलक गुरुङको भनाइ छ ।

प्रकाशित: २३ मंसिर २०७७ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App