१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मूल्य वृद्धिको असर : नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सिमित

चैत ११ गतेपछि चार महिना लडकडाउन भयो। लकडाउनकै बीचमा सुनको भाउले आकास छुँदै गयो। तोलाको एक लाख रुपैयाँ नाघ्यो। कोभिड–१९ को महामारी रोकिएको छैन्। सुनको मूल्यमा अझै उतारचढाव हुने सम्भावना छ। सुनको मूल्यमा भएको बृद्धिसँगै सर्वसाधारणसँग भएको सुनका गहना भने सोचे अनुरुप बजारमा आईपुगेन्। लडकडाउन अघि सुनको ७६ हजार ५ सयमा कारोबार भएको थियो। कोभिड–१९ कै महामारीको बीचमा मूल्य बढेर १ लाख ३ हजार ३ सयसम्म पुग्यो। ‘मूल्य बढेसँगै एक झमट बेच्न ल्याए। तर हामीले सोचे अनुसार बेच्न भने आएनन्’ पोखरा मोहरिया टोलस्थित कन्चन आभुषणका निर्देशक बिमलमान गुभाजूले भने–‘गहना किन्ने नै छैनन्।’ उनका अनुसार पुरानो गहना साटफेर गरेर लगाउने बढी थिए।

कारोबारमा मन्दी छ। सर्वसाधारणको क्रय क्षमतामा ह्रास आएको छ। क्रयशक्ति नहुदाँ सर्वसाधारणले सुनका गहना किन्ने तर्फ ध्यान दिएका छैनन्। ‘भाउ घट्यो भने कारोबार बढ्छ। तर अहिले तयारी गहना किन्ने ग्राहक छैनन्।’ अहिले लगानी अनुसारको फाईदा नहुने उनको भनाई थियो। ‘हिजो मूल्य घटेको अवस्थामा जुन ज्याला थियो। अहिले सुनको मूल्य भएको बृद्धिमा पनि ज्याला उही छ’ उनले भने–‘व्यवसायीलाई फाईदा छैन्। तर मूल्य घट्यो भने कारोबार बढ्ने छ।’ उनका अनुसार सुनको मूल्य विश्वबजारले प्रभाव पार्ने हुदाँ उतार चढाव भईरहन्छ। उनको बुझाईमा सुनको मूल्य बृद्धिभएसँगै केहीले सुनमा लगानी गरेर बचत गर्ने तर्फ ध्यान दिएका छन्। उनले केहीले ढिक्का सुना खरीद गरेर राखेको सुन्नमा आएको छ। ‘ढिक्का सुन नेपाल राष्ट्रबैंकले मात्रै विक्री गर्छ ’ उनले भने–‘व्यवसायीले केवल गहना मात्रै बेच्न पाउँछ। ढिक्का बेच्न पाउने अधिकार व्यवसायीलाई भने छैन्।’

कोभिड–१९ को केही देशले भ्याक्सिन बनाएको खबरले सुनको भाउ घट्दै गएको छ। भाउ बढ्दा पुरानो गहना साटफेर मात्रै गर्ने र थोरै थपथाप गरेर लैजाने ग्राहक मात्रै आएका छन्। ‘तीजमा कारोबार हुन्थ्यो। लकडाउन भयो। मूल्य बढेपछि पुरानो साटफेर गरेर लगाउने बढी आए।’ सुन चाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष राजेश बुद्धचार्यले भने–‘केहीले पुरानो बढी दिएर नयाँ थोरै लिएर गए। केहीले थपथाप गरेर लैजाने काम गरे।’ नयाँ गहना नगदमा किनेर लगाउने शून्य नै रहेको उनको भनाई थियो।  

कोभिड अघि पोखरामा हप्तामा ३ केजी खपत हुन्थ्यो। विदेशबाट आउनेले गहना नै ल्याउँथे। त्यसले गर्दा पोखरामा सुनको अभाव हुदैन्थ्यो। तर अहिले हप्तामा आधा केजी पनि कारोबार हुदैन। ‘कारोबार निल नै छ।’ उपाध्यक्ष बुद्धचार्यले भने–‘कारोबार निल हुदाँ कालिगढलाई तलब दिन पनि सकस भएको छ।’ पोखरामा ३ सय सुनचाँदी व्यवसायी छन्। एक हजार नेपाली कालिगढ छन्। ५ सय बंगाली कालिगढले गहना बनाउँछन्। बंगाली मध्ये पोखरामा अहिले ५० जना जतिमात्रै रहेको भन्दै उपाध्यक्ष बुद्धचार्यले थपे–‘बाँकी सबै आफनो घर फर्किसकेका छन्।’  

उपाध्यक्ष बुद्धचार्यका अनुसार पोखरामा सुन आयात भएको छैन्। सुनको कारोबार शून्य भएपछि नेपाल सुन चाँदी व्यवसायी महासंघले व्यवसायीहरुले सुनमा लगानी गर्न नै नसक्ने अवस्थाले सरकारलाई सुन आयात नगर्न पत्रचार समेत गरिएको उनले सुनाए। ‘कारोबार नहुदाँ व्यवसायीले सुन किन्ने अवस्था नै छैन्। त्यसैले महासंघले सरकारलाई सुन नल्याउन पत्राचार गरिसकेको छ।’ उनको भनाई थियो। सुनको मूल्यमा घट्ने क्रम रहेको अवस्थामा आगामी दशैंमा सुनको कारोबार बढ्ने अपेक्षा व्यवसायीहरुले गरेका छन्।  

 

 

 

 

 

 

 

 

प्रकाशित: १५ भाद्र २०७७ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App