coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सदरमुकाम तौलिहवामा स्थापना भएको कर दाता सेवा कार्यालयबाट सेवा शुभारम्भ

कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिहीबारबाट करदाता सेवा कार्यालयबाट सेवा शुभाम्भ गरिएको छ । नगरपालिको वडा नम्बर १ निया टोलमा एक साता अघि स्थापना गरिएको सेवा कार्यालयबाट सेवा प्रारम्भ गरिएको हो । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण सामान्यरुपमा नै सेवा प्रारम्भ गरिएको आन्तरिक राजस्व कार्यालय कृष्णगनरका प्रमुख पुर्णप्रसाद न्यौपानले बताए । सेवा कर्यालय सुरु भएपछि जिल्लाका ६ पालिकाका कर दाताले कर सम्बन्धी सबै सेवाहरु यहीबाट प्राप्त गर्ने प्रमुख न्यौपानले बताए ।  

प्यान, भ्याट, आय बिवरण लगायतका सेवा कर सम्बन्धी सबै सेवाहरु लिन अब ५० किमि टाढा रहेको कृष्णगनरमा जानु पर्ने बाध्यता अन्त्य भएको उनले बताए । सेवा कर्यालयबाट न्यायिक अधिकार बाहेकका सबै कर सम्बन्धी काम हुने छन् । कर्मचारी अभावका कारण ५ जना दरबनदी रहे पनि हाललाई ३ जना कर्मचारीबाट सेवा संचालन गरिएको छ । सेवा कार्यालय प्रमुख, कम्प्युटर अप्रेटर, कर्यालय सहयोगी गरी हाललाई ३ जना मात्र कर्मचारी छन् । नासुको २ दरबन्दी भने खाली छन् । सेवा कार्यालयको कार्यक्षेत्र जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गांउपालिका यशोधरा र शुद्धाधन गाउँपालिका रहेका छन् । कार्यालयबाट करदाता सेवा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह हुने कर दाता सेवा कार्यालयका कर अधिकृत सुरेश महतोले बताए । 

यसैबीच सेवा प्रारम्भ भएको पहिलो करदातालाई तौलिहवा उद्योग बाणिज्य संघले खादा लगाएर स्वागत गरेको छ । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गायदीन कुर्मीले करदातालाई सम्मानित गर्दै ३ वर्षकोे अथक प्रयासबाट तौलिहावमा करदाता सेवा संचालन भएकोमा खुशी ब्यक्त गरे । ‘ कर सम्बन्धी काम गर्न एक दिन लाथ्यो अब आफ्नै घर नजिकैबाट सेवा पाएका छौ ’ उनले भने । करदातको सयम र पैसा दुबै बचत हुने भन्दै उनले खुशी ब्यक्त गरे । उता अर्घाखाचीको सन्धीखर्कमा समते केही दिन मै सेवा कायालय संचालन गरिने तयारी गरिएको प्रमुख न्यौपानले बताए ।

प्रकाशित: १ श्रावण २०७७ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App