१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाईसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् ।  

प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।

प्रिपेड ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याकलिनका लागि ग्राहकले १००, १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।

‘इन्डलेस कुराकानीप्लस’अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामीनिकै हर्षित छौं । यीआकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थपमुल्यप्रदान गर्ने विश्वास लिएका छौं ।’

प्रकाशित: ३१ असार २०७७ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App