१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ज्योति विकास बैँकको सिइओमा भट्ट नियुक्त

ज्योति विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैँकका सिइओ मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई सिईओको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । नव नियुक्त भट्टको कार्यकाल ४ वर्षको हुनेछ । 

बैँकका अनुसार सिईओ भट्ट यसअघि आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओको रुपमा कार्यरत थिए । नेपाल इन्भेष्टमेन्ट बैँकबाट बैंकिङ करिअर सुरु गरेका भट्टले विभिन्न बैँक तथा बीमा कम्पनीहरुमा काम गरिसकेका छन् ।

प्रकाशित: २५ असार २०७७ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App