coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ढलान भएको १३औं दिनमा भत्कियो पुल

प्रदेश ५: घटेन असारे विकास

प्रदेश ५ मा अहिले असारे विकासको चटारो छ। निर्माण कम्पनी र कोरोनालाइ कारण देखाउँदै असारे विकासमा यहाँका जनप्रतिनिधिहरू व्यस्त छन। बर्खा लागेपछि सडक, पुल, खानेपानीलगायतका योजना धमाधम निर्माण कार्य भइरहेका छन्।  

साढे ८ करोड रूपैयाँको लगाानीमा रुपन्देहीको छपियास्थित दानव नदिमा निर्माण भइरहेको पुल असारे विकासको एउटा उदाहरण हो। उक्त पुल ढलान भएको १३औं दिनमा भाँचिएको छ। सियारी र मायादेवी गाउँपालिका जोड्ने उक्त पुल असार ६ गते भत्कीएको हो।  

नदीमा पानीको बहाव ह्वात्तै बढेपछि टेक्का बगाउँदा पुल भाँचिएको इजिनियरको भनाइ छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनीले नदीमा पानी बढेकै कारण पुल भाँचिएको बताए। निर्माण कार्यमा गुणस्तरीए त्रुटी नभेटिएको र नदी ठूलो भएकै कारण पुल भाँचिएको उनको भनाइ छ।  

बर्खा सुरु भएपछि मात्रै पुल ढलान गरेकै कारण ढलान गरेको १३औं दिनमा भाँचिएको हो। संघीय सरकारको लगानीमा निर्माणाधिन ६० मिटर लम्बाई र ११ मिटर चौडा पुल निर्माणको जिम्मा निलगिरी नेशनल जेभिले पाएको थियो। २०७६ सालमा निर्माण सक्ने गरेर २०७३ असारमा सम्झौता भएको थियो।  

निर्धारित समयमा काम सम्पन्न नभएपछि गत वर्ष म्याद थप भएको थियो। गत वैशाख १५ सम्म निर्माण सक्नु पर्ने आयोजनाको काम अहिलेसम्म ६० प्रतिशत मात्रै भएको छ।

संघीय आयोजनाहरू मात्रै नभएर प्रदेश र स्थानीय सरकारको लगानीमा सञ्चालन भएका योजनाको अवस्था पनि उस्तै छ। चालु आर्थिक वर्षको  ८ महिनासम्म सुस्ताएका सडकका निर्माण कम्पनीहरू असार लागेपछि काममा सक्रिय भएका छन्। अन्तिम समयमा कामको प्रगति देखाउन गरिने काम टिकाउ नहुने स्थानीयको भनाइ छ।

प्रदेश सांसाद अष्टभुजा पाठकले ८ महिनासम्म काम सुरु नगर्ने निर्माण कम्पनीले अहिले हतार हतारका काम गर्न खोज्दा गुणस्तरी नहुने बताए। म्याद थप गर्नका लागि आर्थिक वर्षको अन्तिममा काम गरेजस्तो गर्ने निर्माण कम्पनीलाई कारबाही  गर्नुपर्ने उनको भनाइ छ।  

दिगो र बलियो काम गराउनुको सट्टा कमिसनको चक्करमा नियामक निकायले नै  छुट दिँदा बेथिति बढ्दै गएको सांसद पाठकको दावी छ। सम्बन्धित मन्त्रालयका मन्त्री, जनप्रतिनिधि र कार्मचारीहरूको मिलेमतोमा असारे कामले निरन्तरता पाउँदै आएको उनको भनाइ छ।  

८ सय मिटर सडकका लागि असार नै पर्खने अर्को प्रतिनिधि आयोजना हो पाल्पाको अर्गलीस्थित ऋषिकेश मन्दिर पुग्ने बाटो। प्रदेश सरकारको एक करोड बजेटमा निर्माण हुा लागेको उक्त सडक असार १५ गतेभित्र निर्माण गरिसक्ने गरेर गत मंसिरमा सम्झौता भएको थियो। तर निर्माण कम्पनी राजेश्वरी निर्माण सेवाले असार लागेपछि मात्रै काम सुरु गरेको छ।  

जिल्लामा यो वर्ष प्रदेश सरकारका सडक तथा पुलका ३३ वटा योजना छन्। मर्मतका ११ वटा रहेको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सूचना अधिकारी शरद अधिकारी जानकारी दिए।  प्रदेशका सबै जिल्लामा अहिले असारे विकासको चटारो छ। जिल्लामा ठूला तथा साना योजनाहरू असार लागेपछि धमाधम सुचारु भएका देखिन्छ। 

प्रकाशित: १२ असार २०७७ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App