नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा बुक विल्डिङ् प्रणाली लागु गर्ने भएको छ। बोर्डले बुक विल्डिङ सम्वन्धी निर्देशिका, २०७७ को प्रारम्भीक मस्यौदा सार्वजनिक गर्दै सम्वन्धित सरोकारवाला सबैलाई सुझाव दिन आग्रह गरेको छ।
आगामी आवको साउन महिनादेखी बुक विल्डिङ प्रणाली लागु गर्ने योजनामा रहेको बोर्डले असार १४ गतेभित्र सुझाव दिन अनुरोध गरेको हो।
बोर्डले सार्वजनिक गरेको बुक विल्डिङ सम्वन्धी प्रारम्भिक मस्यौदामा निष्कासन मूल्य सीमा निर्धारण सम्वन्धि व्यवस्था गरेको छ।
जसअनुसार, बुक विल्डिङ विधीमार्फत निष्कासन भएको धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति लिनुपर्नैछ।
त्यसैगरी, धितोपत्र निष्कासन तथा बिक्रि प्रवन्धकका लागि सम्झौता गर्नै संस्थाले समेत बोर्डवाट अनुमति लिएको हुनुपर्नैछ।
बोर्डले सार्वजनिक गरेको मस्यौदा अनुसार बुक विल्डिङ विधीमार्फत धितोपत्र निष्कासन गर्न निष्कासन तथा विक्रि प्रवन्धक संस्थाले प्रारम्भिक विवरण पत्र तयार गरी छलफल गर्नुपर्नै व्यवस्था रहेको छ।
बोर्डले सार्वजनिक गरेको मस्यौदा कार्यान्वयन भएमा अब बुक विल्डिङ विधीमार्फत धितोपत्र निष्कासन गर्न निष्कासन तथा विक्रि प्रवन्धकले छलफल हुने समय, स्थानको विषयमा सात दिन अघि राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासित गर्नूपर्नैछ।
त्यसैगरी, छलफल मार्फत खरिद आषय मूल्य निर्धारण गर्नूपर्नैछ भने यसका लागि पाँच योग्य संस्थागत लागनीकर्ताले खरिद आशय गर्नूपर्नैछ।
नयाँ व्यवस्था अनुसार अब धितोपत्रको बिक्रि मूल्यको सीमा निर्धारण गर्दा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सिमा र संस्थागत लगानीकर्तावाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत घटाउँँदा कायम हुने मूल्य तल्लो सिमा कायम गर्नूपर्नैछ।
धितोपत्रको बिक्रि मूल्य निर्धारण भएपछि बोर्डसँग अनुमती लिनुपर्नैछ। त्यसैगरी, बोर्डवाट स्वीकृत भएको एक महिनाभित्र निष्कासन तथा बिक्रि प्रवन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल आव्हान गर्नूपर्नैछ। बोलकबोल स्वचालित विद्युतीय प्रणालीमार्फत हुनुपर्नैछ।
बोर्डको प्रारम्भिक मस्यौदा अनुसार कटअप मूल्य निर्धारण भइसकेपछि सेयर उक्त मूल्य भन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर खरिद गर्न पाउनेछन्।
त्यसपटि कटअप मूल्यमा आवेदन भरेकाले सेयर पाउँनेछन् भने सबै भन्दा कम मूल्यमा सेयर आवदेन गरेका लगानीकर्तालाई समानुपातिक तरिकाले सेयर वितरण गरिनेछ।
बोर्डका अनुसार संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको धितोपत्र पूर्ण रुपमा बिक्रि नभएमा उक्त निष्कासन प्रक्रिया रद्द गरी सात दिनभित्र ब्याज सहित आवेदन गरेको रकम फिर्ता गर्नूपर्नैछ।
एकपटक निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा बिक्रि नभएमा धितोपत्रको मूल्य सीमा पुनरावलोकन गरी पूनः बोलकबोल गर्न सकिने लगायतका व्यवस्था गरिएको छ।
सेयर बजारको नियामक निकाय सेवोनले सार्वजनिक निष्कासनमा बुक विल्डिङ् प्रणाली लागु गरेपछि साधारण सेयरको मुल्यमा समेत परिर्वतन आउँनेछ। हाल केही उत्पादन मूलक कम्पनीबाहेक अन्यको साधारण सेयरको अंकित मूल्य एक सय रुपैयाँ रहँदै आएको छ।
प्रकाशित: ८ असार २०७७ ११:२३ सोमबार





