२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ तोलाकै ९० हजार ६ सय रुपैयाँ पुगेको हो।  

शनिबारभन्दा आज तोलामा ७ सय रुपैयाँ बढेर छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय र तेजाबी सुन ९० हजार ३ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज  महासंघले चाँदीको भाउ प्रतितोला ९ सय ४० रुपैयाँ तोकेको छ। शुक्रबारको तुलनामा चाँदीको भाउ १० रुपैयाँ बढेको हो। 

प्रकाशित: ७ असार २०७७ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App