८ वैशाख २०८१ शनिबार
अर्थ

जीवन बीमाको ६३ अर्व बीमा शूल्क उठ्यो

मुलुकका १९ जीवन बीमा कम्पनीले ६३ अर्ब रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्। बीमा समितिका अुनसार उक्त बीमा शूल्क रकम चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्मको हो।  

चालु आवको १० महिनाको अवधीमा जीवन बीमा कम्पनीले निविकरण बीमा शूल्क वाफत ४१ अर्ब ५३ करोड, प्रथम बीमा शूल्क वाफत २१ अर्ब ५३ करोड र वैदेशिक रोजगार बीमा शूल्क मार्फत १ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेका हुन्।  

सो अवधीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरन्सले बीमा शूल्क आर्जन गरेको छ।  

समितिका अुनसार चालु आवको वैशाख मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्सले करिब १९ अर्ब २० करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ।  

त्यसैगरी, एलआइसी नेपालले सो अवधीमा १० अर्ब ३८ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले करिब ६ अर्ब रुपैयाँ बीमा शूल्क संकलन गरेको छ।  

बीमा समितिका अनुसार सो अवधीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब ६७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ।

त्यसैगरी, सो अवधीमा युनियन लाइफ इन्स्योरेन्सले तीन अर्ब ३९ करोड, र एशियन लाइफ इन्स्योरेन्सले तीन अर्ब १६ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्।  

सो अवधीमा मेट लाइफ इन्स्योरेन्सले एक अर्ब ४६ करोड रुपैयाँ संकलन गरेको छ भने गुँरास लाइफ इन्स्योरेन्सले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेको समितिले जनाएको छ।  

चालु आवको १० महिनाको अवधीमा ६ बीमा कम्पनीले एक अर्ब रुपैयाँ भन्दा कम बीमा शूल्क आर्जन गरेका छन्।  

समितिका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले ९० करोड, सन नेपाल लाइफ इन्स्योरेन्सले ८६ करोड र रिलायन्स लाइफ इन्स्योरेन्सले ८३ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेका हुन्।  

त्यसैगरी, सानिमा लाइफ इन्स्योरेन्सले ५९ करोड, प्रभु लाइफ इन्स्योरेन्सले ५३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्।  

समितिका अनुसार सो अवधीमा सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।  

हाल मुलुकभर १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेको बीमा समितिले जनाएको छ।  

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App