१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कार्य सम्पन्न भएका आयोजनाको लागि भुक्तानी प्रक्रिया सुरु

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्य सम्पन्न भएका आयोजनाको लागि आजदेखि भुक्तानी प्रक्रिया सुरु गरेको छ । सामाजिक दूरी कायम गरेर भुक्तानी गर्नुपर्ने भएकाले गाउँपालिकाले भुक्तानी प्रक्रियाको कार्यतालिका निर्माण गरेको छ ।  

कार्यतालिका अनुसार आयोजनाले कागजात पेस गर्नुपर्ने छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै कार्यालयमा भीडभाड हुन नदिने उद्देश्यले गाउँपालिले भुक्तानीका लागि कार्यतालिका निर्माण गरेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन् ।  

पहिलो चरणमा जेठ १९ गतेदेखि २५ गतेसम्मको कार्यसूची निर्माण गरिएको छ । जसमा सम्पन्न भएका आयोजनाहरूको सोमबार प्राविधिक बिल तयारी गर्ने र मंगलबार प्राविधिक बिलहरू र उपभोक्ता समितिका फाइलहरू सम्बन्धित वडा कार्यालयमा पुर्‍याइने छ ।  

समितिहरूले बुधबार र बिहीबार दुई दिन वडा कार्यालयमा आवश्यक कागजात पेस गर्नुपर्ने छ । वडा कार्यालयहरूबाट संकलित कागजातहरू शुक्रबार गाउँपालिकाको कार्यालयमा बुझाउने र आइतबार उपभोक्ता समितिको बैंक खातामा रकम निकासा गरिने उनले बताइन् ।  

गाउँपालिकाले अहिले विकास निर्माणको कामलाई निरन्तरता रूपमा सञ्चालन गरिरहेको छ । लकडाउनको कारण केही समय काम रोकिएको भएपनि सामाजिक दूरी कायम गरेर कामलाई निरन्तरता दिइएको हो ।

प्रकाशित: १९ जेष्ठ २०७७ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App