२३ वैशाख २०८१ आइतबार
image/svg+xml

सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न

वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटानको काम रोकिएको छ। आगामी जुलाई १० तारिखदेखि विमानस्थल सञ्चालनमा आउने भएपनि विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान हुन नसकेको हो।

भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति

भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिंचाई विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रुपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ।

निर्माण सम्पन्न नहुँदै लिखु ४ को डिसेन्डिङ बेसिन फुट्यो

निर्माण कार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधिन ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) फुटेको छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत उत्पादनका लागि सुरु गरिएको जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी परीक्षणकैक्रममा बिहीबार राती फुटेको हो।

कार्य सम्पन्न भएका आयोजनाको लागि भुक्तानी प्रक्रिया सुरु

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्य सम्पन्न भएका आयोजनाको लागि आजदेखि भुक्तानी प्रक्रिया सुरु गरेको छ । सामाजिक दूरी कायम गरेर भुक्तानी गर्नुपर्ने भएकाले गाउँपालिकाले भुक्तानी प्रक्रियाको कार्यतालिका निर्माण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्