७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजेट भाषण : स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन। उनले आर्थिक पुर्नउत्थान र रोजगारी सिर्जना बजेटको मूख्य उदेश्य रहेको बताए। अर्थमन्त्रीले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको बताए। उनले मन्त्रालयको आगामि बजेट ९० अर्व ६९ करोड विनियोजन गरेको बताए। स्वास्थ्य पूर्वाधार विकासको लागि १२ अर्व ४६ करोड छुट्याएको अर्थमन्त्री खतिवडाले बताए।

कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि ६ अर्ब छुट्याइएको छ।  कोरोनाका कारण रोजगारी गुमेका मजदुरको सिप हस्तान्तरण गर्ने गर्ने बजेटको नीति छ। यसका लागि १ अर्ब विनियोजन गरिएको छ। विदेशमा अलपत्र परेका नेपालीहरुका लागि बजेट विनियोजन गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्गत २ लाख रोजगारी उपलब्ध गराउनको लागि ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।

 

प्रकाशित: १५ जेष्ठ २०७७ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App