१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

वाईसीएलले अर्धसैन्य दस्ता फेरि व्युँताउने

योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाउने निर्णय गरेको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो।

बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षाका लागि स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङका रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।  

अन्तरपार्टी युवा, विद्यार्थी तथा जेन–जी युवालाई संयोजन गर्न विशेष संयन्त्र निर्माण गर्ने तथा सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेताहरू समेटेर कमाण्ड सेन्टर स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।

‘एक बुथ, सय यूथ’ अवधारणाअनुसार प्रत्येक मतदान केन्द्रमा युवा परिचालन गर्ने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने र सम्बन्धित मतदान क्षेत्रका युवालाई सोही क्षेत्रमा खटाउने तयारी वाईसीएलले गरेको छ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले निर्वाचनलाई सफल बनाउन वाईसीएलले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै निर्देशन दिएका थिए।

 

प्रकाशित: १८ माघ २०८२ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App