२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

चुरेलाई आरक्षित क्षेत्र बनाउनुपर्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले चुरे क्षेत्रलाई आरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन्।

एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष यादवले चुरे क्षेत्रमाथिको अतिक्रमण र दोहन रोक्न यसलाई आरक्षित क्षेत्र बनाउनुपर्ने धारणा राखेका हुन्।

विगतका सरकारहरूले लिएको भूमिसम्बन्धी गलत नीतिका कारण वन र चुरे क्षेत्रको विनाश भएको उनको आरोप छ।

यादवले भने, ‘वन र चुरे क्षेत्रको विनाशले गर्दा तराई मधेस मरुभूमीकरण हुँदै गएको छ। चुरेबाट बग्ने खोला-नदीको अनियन्त्रित उत्खनन् रोकेर तराई मधेसलाई जोगाउनुपर्छ।’

चुरे क्षेत्रको संवेदनशीलता बुझेरै जसपाले विगतमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश र विधेयक रोकेको दाबी समेत उनले गरे।

यसैगरी, जसपा नेता पूर्ण बस्नेतले वन तथा चुरे क्षेत्र, जैविक विविधता र पर्यावरण संरक्षणको विषयलाई पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा समेत प्राथमिकताका साथ समेटेको जानकारी दिएका छन्।

प्रकाशित: १८ माघ २०८२ १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App