४ वैशाख २०८१ मंगलबार
अर्थ

प्रदेश १ को बजेट अधिवेशन जेठ १४ मा

रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै

प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।  

भौतिक दूरी कायम गरेर संसद् बैठक सञ्चालन गर्ने तयारीपछि सरकारले अधिवेशनको मिति तोकेको हो । प्रदेश १ संसद्को बजेट अधिवेशन दुईवटा हलमा सांसद राखेर गर्ने तयारी प्रदेशसभा सचिवालयले गरिरहेको छ । हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दूरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने छ ।

प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै बैठक नभई अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ ।

बैठकले कोरोना त्रासका कारण रोजगारी गुमाउने र वेरोजगारको तथ्यांक संकलन गर्ने निर्णय पनि गरेको छ । वैदेशिक रोजगारीबाट फर्कने, स्वदेशमा रोजगारी गुमाउने र नेपालमा नै रहेका वेरोजगारलाई अनलाइन फर्म भराउन वेबसाइट बनाउने निर्णय मन्त्रीपरिषदले गरेको छ ।’ 

यसले ठोस योजना बनाउन एउटा मार्गदर्शन गर्नेछ’, मन्त्री कार्कीले भने, ‘फर्म भर्नेहरुको संख्या, रोजगारीको प्रकार र वेरोजगारको उमेर समूह आदिको अध्ययन गर्ने र सोही अनुसार योजना बनाइनेछ ।’

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App