२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

नेप्से घट्ने क्रम रोकिएन, कारोबार पाँच अर्बमा सीमित

नेप्से परिसूचकमा बुधबार पनि गिरावट आएको छ। नेप्से परिसूचक ११.९७ अङ्क घटेर २६४६.९५ विन्दुमा झरेको हो।

आज सेन्सेटिभ इण्डेक्स २.५९, फ्लोट इण्डेक्स ०.९५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंकले घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो।्ने

प्से घटेसँगै कारोबार रकम पनि ५ अर्ब १६ करोडमा सीमित भएको छ। यो मंगलबारको तुलनामा करिब १ अर्ब ४० करोडले कम हो।

बुधबार ३१३ स्टकको ५९ हजार १३० पटकको कारोबारमा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

ओम मेगाश्रीको शेयरमूल्य १८१ रुपैयाँ २७ पैसा बढेर १ हजार ९९४ रुपैयाँ ७० पैसा र पियोर इनर्जीको ४२ रुपैयाँ ३० पैसा बढेर ४६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

सुपर माई हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको अरुण काबेली पावरको ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

राधी विद्युत कम्पनीको करिब ३० करोड र ङादी ग्रुप पावरको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ। बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: २१ जेष्ठ २०८२ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App