सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत यो घोषणा गरेका हुन्।
बेरोजगारी समस्या समाधान गर्न युवा जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने कुरा पनि बजेट भाषणमा उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०८२ १६:०५ बिहीबार





