सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत बिहीबार यो घोषणा गरेका हुन्।
‘डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने।
यसैगरी, काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गरिने उनले बताए।
प्रकाशित: १५ जेष्ठ २०८२ १६:०३ बिहीबार





