सरकारले बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा अपार्टमेन्ट वा भवन लिजमा लिन पाउने कानूनी व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत बिहीबार यो घोषणा गरेका हुन्।
‘नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय संस्था र तिनका शाखाले कार्यालय वा आवासीय प्रयोजनका लागि भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने कानूनी व्यवस्था गरिनेछ,’ उनले भने।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:५४ बिहीबार





