सरकारले आगामी आर्थिक वर्षमा नेपाली नागरिकलाई विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत यो योजना सार्वजनिक गरेका हुन्।
‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्था गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:५० बिहीबार





