यातायात व्यवस्था कार्यालय बारा, कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासले चालु आर्थिक वर्षको १० महिनामा उत्साहजनक रूपमा राजस्व संकलन भइरहेको बताए। ‘कार्यालयले औसतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व संकलन गरिरहेको छ,’ उनले भने।
कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी सवारीसाधन करबाट ३ करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ राजस्व संकलन गरेको छ। सवारी चालक अनुमतिपत्र नयाँबाट १ करोड ६९ लाख ६५ हजार, अनुमतिपत्र थपबाट २८ लाख ४२ हजार र अनुमतिपत्र दर्ता नयाँबाट ८३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यस्तै, अनुमतिपत्र दर्ता थपबाट ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणबाट २७ लाख १६ हजार, सवारी विविधबाट ८ लाख २८ हजार ९५०, आयकरबाट ८ लाख ६० हजार ५२५ र पटके करबाट ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व संकलन भएको छ। रासस
प्रकाशित: १२ जेष्ठ २०८२ ०६:५७ सोमबार





