२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा सुधार

साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अंकले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अंकमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।  

अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।  

आज समग्र बजार भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ बैङ्किङ समूहको ३.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त समूह २.६१ प्रतिशत तथा म्युचुअल फण्ड ०.१७ प्रतिशत, निर्जीवन बिमा ०.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजम समूह सबैभन्दा धेरै २.७८ घटेको छ ।  

आज बजारमा मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावर सबैभन्दा धेरै कारोबार हुँदा कारोबार सङ्ख्या र सेयर सङ्ख्याका आधारमा सबैभन्दा अगाडि छ ।

प्रकाशित: ८ जेष्ठ २०८२ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App