३ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने पहिलो प्राथमिकता : नवनियुक्त गर्भनर पौडेल

नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा.विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि नागरिकसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् ।  

गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शुक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए । 

उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने ।

प्रकाशित: ६ जेष्ठ २०८२ १९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App