२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो। गत आवमा दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए। चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकाे उनले बताए।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए।

कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार, अन्तः शुल्क बापत ४७ करोड ४६ लाख ४२ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ। यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्का लगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भने।  

प्रकाशित: २ जेष्ठ २०८२ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App