२२ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

तोलामा १४ सयले घट्यो सुन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ। चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ।  

बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित: २६ वैशाख २०८२ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App