२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

सिंगापुरमा बिल गेट्ससँग विनोद चौधरीको भेट

नेपाली कांग्रेसका सांसद एवं नेपाली अर्बपति विनोद चौधरी र माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सबिच भेटवार्ता भएको छ। मङ्गलवार सिंगापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (पिएए–२०२५) को अवसर गेट्ससँग चौधरीको भेटवार्ता भएको हो। 

भेटका क्रममा नेपालको स्वास्थ्य र रोजगारीको क्षेत्रका महत्त्वपूर्ण चुनौतीबारे छलफल भएको चौधरीले जनाएका छन्। ‘पिएएको अवसरमा बिल गेट्ससँग भेट हुन पाएकोमा सम्मानित महसुस गरेँ,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका महत्त्वपूर्ण चुनौतीहरूबारे गम्भीर र अर्थपूर्ण छलफल ग¥यौँ।’ 

२०७२ को भूकम्पदेखि लिएर कोभिड–१९ को महामारीको प्रभावदेखि नेपालले पोषणका क्षेत्रमा ‘बलियो नेपाल’मार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति चौधरीले आभार प्रकट गरेका छन्। 

गेट्स फाउन्डेसनले स्वास्थ्य क्षेत्रका सकारात्मक पहलहरूलाई नेपालमा विस्तार गरी सहकार्य अझ बलियो बनाउने कुरामा आफू उत्साहित भएको चौधरीले लेखेका छन्। 

प्रकाशित: २३ वैशाख २०८२ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App