११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ 'रेकर्ड', तोलाको १ लाख ९१ हजार

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।

यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८२ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App