१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:९ अपराह्न
अर्थ

कफीमाथिको ‘लाट्टे आर्ट’ प्रतियोगितामा चितवनमा सहिल प्रथम

चितवनमा आयोजना भएको कफी माथिको ‘लाट्टे आर्ट’ प्रतियोगितामा चितवनका सहिल गुरुङ प्रथम भएका छन्। कफी ओ क्लक र हिमालयन चियाले चितवनमा दुई दिनसम्म आयोजना गरेको प्रतियोगितामा देशभरका ४६ जना प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ प्रथम भएका हुन् । 

त्यस्तै द्वितीय कावासोतीका अभिषेक सुस्लिङ, तृतीय चितवनकी टेक माया गुरुङ र काठमाडौंका अनिश राईले सान्तोना स्थान प्राप्त गरेका छन्। यसैगरी पाँचौँमा चितवनका निराजन रानामगर र छैटौँ स्थानमा काठमाडौंकी प्रिती सुवेदी आएकी छिन् । प्रतियोगितामा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

चितवनको नारायणगढमा बुधबार र बिहीबार ‘लाट्टे आर्ट’ प्रतियोगिता भएको थियो । प्रतियोगितामा दमक, इटहरी, धरान, काठमाडौं, कावासोती, बुटवल, हेटौँडा, पोखरा र चितवनबाट ४६ जना प्रतियोगी सहभागी भएको सुदिश थापाले जानकारी दिए । पहिलो चरणमा सहभागी ४६ जनाबाट छानिएका २१ जनालाई सेमिफाइनलमा प्रतिस्पर्धा गराई नौ जनालाई फाइनल प्रतिस्पर्धामा लगिएको थियो । 

फाइनलमा पुग्ने नौ जनामध्ये उत्कृष्ट ६ जनालाई पुरस्कार प्रदान गरिएको हो । कफीमाथि दूधले बनाइएको कलालाई ‘लाट्टे आर्ट’ भन्ने गरिन्छ । अहिले बजारमा लाट्टे आट कफीको माग समेत बढ्दो छ ।

प्रकाशित: १ चैत्र २०८१ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App