बजार परिसूचक नेप्सेमा मंगलबार ३०.३६ अंकको गिरावट आएको छ । सोमबारदेखि करेक्शन सुरु भएको नेप्से मंगलबार पनि उच्च अंकले घट्दै २८४६.३० विन्दुमा झरेको छ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ५.३१ अंक, फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंकले घटेको छ।
मंगलबार कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँमा सीमित भयो । ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी तथा बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १२५ रुपैयाँ ६० पैसा बढेर १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको यस दिन १ अर्ब ९ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रकाशित: २० फाल्गुन २०८१ १५:३२ मंगलबार





